काठमाडौँ । चैत १२ गते सांसदहरूको शपथपछि चैत १३ गते रामनवमीका दिन बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने र सोही दिन सिंहदरबारमा कार्यभार सम्हाल्ने भएका छन्।
उनीनिकट स्रोतका अनुसार चैत १३ गते दिउँसो १२ बजेर ३४ मिनेटमा उनले शपथग्रहण लिनेछन्।
शपथग्रहणमा स्वस्तिवाचन र शंखनाद गर्ने कार्यक्रमसमेत रहेको उनीनिकट स्रोतले जानकारी दिएको छ।
शपथग्रहणपछि उनले २ बजेर १५ मिनेटमा सिंहदरबार पुगी प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने स्रोतले जानकारी दिएको छ।
बालेनसँगै सोही दिन मन्त्रीहरूले पनि शपथ लिने भनिए पनि अहिलेसम्म मन्त्रीहरूको सूची सार्वजनिक भइसकेको छैन।
यद्यपि अर्थमन्त्रालयमा स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल र गृह मन्त्रालयमा डिपी अर्याल वा सुनिल लम्साल बन्ने रास्वपाका उच्च नेताहरू बताउँछन्।