वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकमाथि विशेष सरुवा भइसकेका प्रहरी कर्मचारीलाई नियमानुसार रवाना नगरी पर्सामै कामकाज गराएको आरोप लागेको छ।
प्राप्त जानकारीअनुसार पर्सा प्रहरीको क्राइम शाखामा कार्यरत वरिष्ठ सई लोकेन्द्र पण्डितको जेठ २९ गते नेपाल प्रहरी विशेष सुरक्षा गण, कोहलपुर (बाँके) मा विशेष अन्तर्गत सरुवा भएको थियो। तर सरुवा आदेश जारी भएको लामो समय बितिसक्दा पनि उनलाई औपचारिक रूपमा रवाना नगरिएको र बिदामा रहेको देखाई पर्सामै काम गराइएको आरोप स्रोतहरूले लगाएका छन्।
स्रोतका अनुसार सरुवा आदेश लागू हुनुभन्दा दुई दिनअघि नै पण्डितलाई बिदा दिइएको थियो। त्यसयता उनी पर्सामै बसेर क्राइम शाखासँग सम्बन्धित गतिविधिमा संलग्न रहेको दाबी गरिएको छ। यस विषयमा प्रहरी संगठनभित्र समेत विभिन्न प्रश्न उठ्न थालेका छन्।
सरकारले भ्रष्टाचार नियन्त्रण, पहुँचका आधारमा हुने आर्थिक चलखेल तथा तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउन भन्दै विभिन्न जिल्लाका ११ जना प्रहरी कर्मचारीलाई विशेष सरुवा गरेको थियो। तर पर्सामा भने उक्त निर्णय प्रभावकारी रूपमा कार्यान्वयन नभएको आरोप लागेको छ।
पर्सामा कार्यरत रहँदा वरिष्ठ सई पण्डितले प्रहरी निरीक्षकलाई समेत पछि पार्दै क्राइम शाखाको नेतृत्व गरेको तथा जिल्लामा प्रभावशाली भूमिका निर्वाह गरेको चर्चा प्रहरी वृत्तमा हुने गरेको स्रोतको दाबी छ।
यस्तै, सीमावर्ती क्षेत्रमा हुने तस्करी, हुण्डी कारोबार, क्यासिनो तथा यातायात क्षेत्रसँग सम्बन्धित गतिविधिबाट आर्थिक लाभ लिएको आरोप पनि उनीमाथि लाग्दै आएको दाबी गरिएको छ। यस सम्बन्धमा केही अडियो रेकर्डसमेत सुरक्षित रहेको छ।
यसअघि सई पाण्डेको कमाण्डर हवल्दार निरज सिंहको नामसमेत आर्थिक असुली र तस्करीसँग जोडिएको भन्दै चर्चा भएको थियो। अडियो सार्वजनिक भएपछि उनको सरुवा गरिएको भए पनि वरिष्ठ सई पण्डित भने पर्सामै सक्रिय रहेको आरोप लगाइएको छ।
विशेष सरुवा भएका प्रहरी कर्मचारीलाई महिनौँसम्म रवाना नगरी बिदाको नाममा पर्सामै राखिएको विषयले प्रहरी संगठनभित्र पारदर्शिता र आदेश कार्यान्वयनमाथि प्रश्न उठाएको छ। यस विषयमा एसपी सुदीपराज पाठकको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
अब कुरा गरौं लोकेन्द्रको । वरिष्ठ सई लोकेन्द्र पण्डित क्राइम शाखा चलाउदै आएका छन । प्रहरी निरीक्षक अमृत बस्नेतलाई बाइपास गरेर पण्डित क्राइम शाखाको कमान्डर बनेका छन ।
उनलाई जिल्लामा अहिले दोस्रो तहको कमान्डर भन्दा केहि फरक पर्दैन । लोकेन्द्र काठमांडौ उपत्यकाबाट आएका प्रहरी हुन् । तत्कालीन जिल्ला प्रमुख कुमोद ढुङ्गेेलकै कार्यकालमा पर्सा दरबन्दी बनाएका लोकेन्द्र यहाँ हाजिर भएनन् ।
उनले आफ्नो ब्याचमेट रमेश बजागाईलाई छाडेर काठमाडौं बसेका थिए । तत्कालीन प्रहरी प्रमुख कुमोद संगै आएका क्राइम शाखाका वरिष्ठ सई रमेश बजागाई संगै गएपछि लोकेन्द्र पर्सा आएका हुन ।
अहिले लोकेन्द्रको एकलौटी जिल्ला प्रहरीमा आर्थिक रकम संकलन देखि तस्करी गराउदै आएका छन । उनले सेटिङ गरेपछी अहिले जिल्लामा निर्वाध रूपमा तस्करी भइरहेको अवस्था छ ।
पर्सामा आएको समय देखि एनी हाउ माल कमाउ भन्ने नाराका साथमा तस्करी , हुण्डी , क्यासिनो, ट्रान्सपोर्ट लगायतबाट पैसा उठाईरहेका छन । वरिष्ठ सई लोकेन्द्रले तस्करबाट रकम लिने र लाइन दिनेको आधा दर्जन भन्दा बढी अडियो रेकर्ड सुरक्षित रहेकोे छ