वीरगञ्ज । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा वीरगञ्ज युवा समाजले घण्टाघर प्राङ्गणमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ।
सोमबार साँझ ६ बजे आयोजित कार्यक्रममा समाजका अध्यक्ष संजीव थापाले दीप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गर्नुभएको थियो। सहभागीहरूले मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेका थिए। मृतकप्रति सम्मान प्रकट गर्दै कार्यक्रममा राष्ट्रिय झण्डासमेत आधा झुकाइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापा र समाजसेवी प्रकाश उपाध्यायले बाढीका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो।
समाजका सल्लाहकार मार्टिन मोक्तानले सहजीकरण गर्नुभएको कार्यक्रममा सचिव विनोद धिमाल, कोषाध्यक्ष सुशील श्रेष्ठसहित समाजका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा मनोज गुप्ता, राजु गुप्ता, सुशील सिंह, काजल मानन्धर, मञ्जु भण्डारी, रोजी प्रधान, रिश्मा श्रेष्ठ, सुमन पौडेल, पुष्पराज कोइराला, रोशन गुप्ता, कमलेश सर्राफ, सुदेश लाखे, विक्रान्त खनाल, शैलेन्द्र यादव, उमेश श्रेष्ठ, हरेन्द्र यादव र राज भण्डारीलगायतको उपस्थिति रहेको थियो।