पकहा मैनपुर, पर्सा । पकहा मैनपुर गाउँपालिकास्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालय मा आज विद्यार्थीहरूका लागि Dental Awareness & School Health Interaction कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा डा. आमिर आलम ले विद्यार्थीहरूलाई दाँत तथा मुखको स्वास्थ्य, नियमित दाँत सफा गर्ने तरिका, oral hygiene तथा समयमै dental check-up गराउनुपर्ने महत्वबारे जानकारी गराएका थिए।
कार्यक्रमका क्रममा विद्यालयका शिक्षकहरूसँग पनि विद्यालय स्वास्थ्य, विद्यार्थीको स्वास्थ्य अवस्था तथा आगामी स्वास्थ्य सचेतना कार्यक्रमहरू सम्बन्धमा छलफल गरिएको थियो।
विद्यार्थीहरूमा स्वास्थ्यसम्बन्धी सचेतना बढाउने उद्देश्यले आगामी दिनमा पकहा मैनपुर क्षेत्रका अन्य विद्यालयहरूमा समेत यस्ता Dental Awareness & School Health Interaction कार्यक्रमलाई निरन्तरता दिने डा. आलमले बताए।
“स्वस्थ विद्यार्थी, स्वस्थ विद्यालय, स्वस्थ समाज” भन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।