काठमाडौं । नेकपा एमालेले सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
एमाले पार्टी कार्यालयले मंगलबार विज्ञप्ति जारी गरी अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बारे जानकारी दिएको हो । एमाले अध्यक्ष ओली विगत चार दिनदेखि कोभिड संक्रमित हुनुभएको छ ।
अध्यक्ष ओली भक्तपुर बालकोट स्थित आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहनुभएको एमालेले जनाएको छ । ‘उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ’, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।