बिरगंज । कर्मचारी समायोजन तथा भर्ना सम्बन्धीमा परेका दुई दर्जन मुद्दाको बहस सकिएको सर्बोच अदालत प्रशासनले जनाएको छ । गत २९ पुसदेखि निरन्तर बहस चल्दै आएको मुद्धाको आज बहस सकिए पनि सर्बोचको वेव साइडमा भने हेर्दाहर्दैमा राखिएको हो ।
यस अघि पहिलो पटक पुस २९ गते सुनुवाई नसकिए पछि हेर्दा हेर्दैमा राखिएको सो मुद्धामा ५ माघमा सुनुवाई भएको थियो । सो दिन पनि सुनुवाई नसकिएपछि हेर्दा हेर्दामै राखेर गत बिहिबार पनि सुनुवाई भएको थियो । शुक्रवार समेत पेशीमा चढेर सुनुवाई भएको सो मुद्धा आइतबार भने देशभरका अदालत बन्द भएका कारण सुनुवाई हुन सकेन । हिजो पनि सो मुद्धामा बहस भएको थियो र निजामती कर्मचारी भर्नाका सम्बन्धमा परेका ३२ निवेदनमध्ये २४ वटामा मंगलबार बहस टुंगिएको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ ।
सपना मल्ल प्रधान, आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको पूर्ण इजलासमा चलेको बहस सकिएको र अहिले न्यायाधीशहरु आन्तरिक छलफलमा रहेको सर्बोच प्रशासनले जनाएको छ ।