काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएकाे छ ।राष्ट्रपति भण्डारीले दुर्घटनामा ज्यान गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे छ । उहाँले शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएकाे छ ।
'यति एयरलाइन्सको एटिआर-७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु, दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु'- राष्ट्रपति भण्डारीले लेख्नुभएकाे छ ।
काठमाडौंबाट आज बिहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ पाेखराकाे सेती खाेचमा खसेकाे थियाे ।विमानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रु सवार थिए ।