काठमाडौं । कामपाले निजी जग्गामा डोजर चलाउन थालेको भन्दै पीडित परिवार लगाएत सरोकारवालाहरुले विरोध प्रदर्शन गरेका छन् ।
शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा महानगरको नगर सभाको १२ औं अधिवेशन चलिरहेका बेला उनीहरुले सडक विस्ताको नाममा नागरिकको निजी सम्पती कव्जा गर्न नपाइने भन्दै राष्ट्रिय सभागृह अगाडी प्रदर्शन गरेका हुन् ।
निजी सम्पतीमा विना पूर्जी गुण्डागर्दी शैलिमा डोजर आतंक गरिएको उनीहरुको आरोप छ । त्यस्तै उनीहरुले फोहर मैला व्यवस्थापन कहा पुग्यो ? टुकुचा बिगार्ने अनि लापरवाही तरिकाले छाड्ने ? हिड्ने अधिकार सुनिश्चित गर्न फुटपाथ सुरक्षित गर्ने अभियान कहा पुग्यो ? लगाएतका प्रश्न पनि गरेका छन् ।
उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समिति सुमन सायमीले उपत्यकाको समस्यमा समाधान गर्न काठमाडौंको मेयर असफल भएको र लोकप्रियताका लागि डोजर आतंक फैलाइएको बताउनुभयो । उहाँले क्षेत्राधिकार भन्दा बाहिर नजान र महानगरको निर्णयको कपी पठाएर मात्रै काम गर्न आफुले सुझाव दिदा आफैलाई प्रहरी प्रशासन लगाएर पक्राउ गरिएको जिकिर गर्नुभयो ।
'उपत्यकाको समस्यमा समाधान गर्ने विषयमा काठमाडौंका मेयर असफल हुनुभएकाे छ । उहाँले व्यक्तिगत लोकप्रियताका लागि डोजर आतंक फैलाउनुभयाे' उहाँले भन्नुभयाे- 'हामीले महानगरलाई क्षेत्राधिकार भन्दा बाहिर नजान र महानगरको निर्णयको कपी पठाएर मात्रै काम गर्न सुझाव दिएका थियाैं । तर हामीलाई प्रहरी प्रशासन लगाएर पक्राउ गरियाे ।'
संघर्ष समितिले महानगरको गलत कदमविरुद्ध आन्दोलन गर्ने तयारी समेत गरेको छ ।