वीरगन्ज । पर्सा प्रहरीले प्रतिबंधित लागु औषध गाजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी मिलानचौकबाट खटिएको प्रहरी टोलीले जीतपुरबाट बड्नीहार तर्फ जाँदै गरेको प्र .- २-०३-००१ ह २२७ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटोबाट ५ किलोग्राम प्रतिबंधित लागु औषध गाजा सहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं ११ बस्ने २९ वर्षिय बुद्धिराज घलान र पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं ३ बस्ने ४२ वर्षिय पासाङ लामा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
अटोसहित पक्राउ परेका दुवै जनालाई पर्सा जिल्ला अदालतबाट लागु औषध सम्बन्धी कसुर मुदामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।