वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नं ९ रानीघाटस्थित एक घरमा शनिबार राती चोरी भएको छ । वीरगन्ज रानीघाटस्थित ओमप्रकाश कुमारको घरमा चोरी भएको हो ।
चार–पाँच तोला सुन र चाँदीसहित नगद चोरी भएको भन्दै कुमारले प्रहरीमा अनुसन्धानको लागि उजुरी दिएका छन् । उनको घरबाट ५ लाख बराबरको सुन चाँदी र नगद ३ लाख ५० हजार चोरी भएको कुमारले बताए ।
उनको घरसंग छिमेकीको घर टासिएको हुनाले छिमेकीकै घरबाट चोरहरु दोश्रो तल्लाको ढोका फोरेर भित्र पसेको देखिन्छ,’ भने उनले बताए । साथै ‘योजनाबद्ध तरिकाले चोरी भएको जस्तो देखिएको कुमारको परिवारजनले बताएका छन ।
घरमा मान्छे कोही नरहेको मौका पारेर चोरी भएको उनको परिवारले जनाएको छ ।