वीरगन्ज । पर्साको पोखरिया नगरपालिका वडा नं ४ सतवरीयाबाट शुक्रबार बिहान ४ : ०० बजे प्रहरीले अवैध गेहुँसहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटि गएको प्रहरी गस्तीको टोलीले कालिकामाई गाउँपालिकाबाट पोखरिया तर्फ आउदै गरेको अवस्थामा ट्रयाक्टर नियन्त्रणमा लिएको हो । भारतको कठियामठीयाबाट नेपालको सबैठावा नाका हुँदै अवैध तरिकाबाट साईकलको माध्यमले कालिकामाई गाउँपालिकामा ल्याई भण्डार गरी स्थानिय किसानको नाममा खरिद विल बनाई ओसार पोसार चोरी निकासी गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटि गएको टोलीले ना ३ त २२९५ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीका अनुसार भारतबाट चोरी निकासी गरी बिना भन्सारको नेपालमा ल्याई बेच बिखन गरिरहेको सूचना पाई उक्त ट्रयाक्टर नियन्त्रणमा लिएका छौ । अनलाइन विल नभई मात्र चलानी विल भएकोले अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको बताए ।