वीरगञ्ज । नेपाल कम्नियुष्ठ पार्टी (एमाले) का सांसद् निर्मला कोइरालाले तराई मधेशका महिलाहरु असुरक्षित रहेको बताएकी छिन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद् कोइरालाले तराई मधेसमा रहेको गरिबीको रेखामुनि रहेका महिलाहरुको अवस्था अत्यन्त दइनिय रहेको बताएकी हुन् ।
अशिक्षा , गरिबी अभावका कारण तराई मधेशका महिलाहरु अत्यन्त पीडा भोग्नु का साथै विभिन्न किसिमका हिँसाहरुको पनि सिकार भइरहेको बताएकी हुन ।
दाइजो प्रथा अहिले पनि जडा गाडेर बसिरहेको छ । बेटी बचाउ बेटी पढाउ अभियान भन्ने नारा नरै मा सिमित छ । थुप्रै छोरीहरू अहिले विद्यालय जाने उमेरका डोली चढ्न बाध्य छन् ।
तराई मधेशका महिलाहरुको जीवन सुरक्षित र सुरक्षित बनाउन आय आर्जन बढाउन खालका नीति तथा कार्यक्रम बनाई महिलाहरुको स्तर उन्नति गर्नको लागि बजेट छुट्याई महिलाहरुलाई मान्छे भएर बाँच्न पाउन अवस्थाको सिर्जना गर्न सम्बन्धित निकायसंग गर्नु भएको छ ।