वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकाको बहुआर्वाभट्ठामा एक जना व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
राती विरगंजको इनर्वाबाट बिन्दबासिनीको बहुवार्वामा आएको जयन्ती केटी पक्षको घर जाँदै गरेको अवस्थामा विवाद सुरु भएको थियो ।
केटीको घर पुग्नु अलि अगाडि चर्काे आवाजमा अश्लिल गीत बजाउने विषयलाई जयन्ती आएकाहरु आफैमा विवाद सुरु गरेका थिए । त्यही विवादमा बहुवार्वा गाउँ कै एकजनालाई कुटपिट गरिरहेको देख्न साथ गाउँलेहरुले छोडाउन लाग्दा जयन्ती आएकाहरुले छुरा प्रहार गरेको थियो ।
उक्त छुरा प्रहारबाट स्थानिय दुखी मुखिया विन सहित ५ जना घाइते भएका छन् । घाइते मध्येका ४ जनाको सामान्य चोटपटक लागेको र दुखी विनको पेटको दाहिने पट्टि छुरा लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
इलका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसीसहितको प्रहरी टोली घटनास्थलमा पुगी घाइतेहरूलाई उपचारका लागि वीरगञ्ज स्थित नारायणी अस्पताल पठाइका थिए ।
घटनाको सम्बन्धमा पाँचजना व्यक्तिहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
उनीहरु विरुद्ध अदर्भ व्यवहार कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिने तथा पछि जाहेरीको आधारमा घाउको अवस्था देखि अर्को मुदा चलाईने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।