वीरगन्ज । पर्साको रामनगरीमा शुक्रबार राति करिब ९ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नं. २१ बस्दिलवाका अन्दाजी ४५ वर्षीय गौतम चौधरीले चलाएको ना ३६ प ७९४ नम्वरको वाइक बहुदरमाई नगरपालिका वडा नं ७ रामनगरीस्थित अनियन्त्रित भई बाटोमा खसिदा मोटरसाइकल चालक चौधरीको घटनास्थलमै ज्यान गएको स्थानियहरु बताएका छन् ।
चौधरीले चलाएको बाइक अनियन्त्रित भई बाटोमा खसिदा गम्भिर घाइते हुनुभएकोमा उनको उपचारको क्रममा मृत्यु भएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।