वीरगञ्ज । पर्साको पकहाँमैनपुर गाउँपालिकाले आज आईतबारका दिन शोक विदा दिएको छ ।
एकजना गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी कलावती देबी धानुकको निधन भएपछि गाउँपालिका कार्यालय र मातहातका वडा कार्यालय मात्र बन्द रहने गरी शोक विदा दिइएको हो ।
आज बिहान एउटा सूचना जारी गर्दै निधन भएको शोकमा आज आईतबारका दिन बिदा दिइएको पालिकाले जनाएको छ । कर्मचारी निधन भएकाे शाेकमा आज गाउँपालिका कार्यालय, सम्पूर्ण वडा कार्यालयहरु साथै यस गाउँपालिका अन्तर्गत रहेका कार्यालयहरु समेत बन्द रहने गाउँपालिकाका प्रशासन प्रमुख हरि माेहन महताेले जानकारी दिए ।
गाउँपालिकाकाे कार्यालय सहयाेगी धानुककाे शनिबार अल्पायुमै निधन भएको थियाे । उनकै असमायिक निधन भएकाेमा गाउँपालिकाले दुःखद व्यक्त गर्दै परिवारजनप्रति समवेदना समेत व्यक्त गरेकाे छ ।
