वीरगन्ज । पर्सा जिल्लामा विवाह , उत्सव तथा चाडपर्वको नाममा चर्को आवाजमा डिजे बजाउने गरिएको छ । अहिले विवाहको लगन सुरु हुन् साथ जथाभावि रूपमा चर्को आवाजमा डिजे बजाउने गरिएको छ । विवाहको लगन हुँदा झनै यस्तो विकृति बढी देखिन्छ । चर्को आवाजमा डिजे बजाउँदा पर्सा प्रहरी प्रशासन मुक दर्शक बनेको आरोप स्थानीय बासिन्दाहरूले लगाएका छन् । डिजे आतंक सामाजिक अपराध भएको उनीहरु बताउँछन् ।
अहिले उत्सव विवाहको नाममा चर्को आवाजमा डिजे बजाउने हु-हल्ला , झै झगडा लगायत कुटपिट , छुरा हनानन् गर्नाले स्थानिय बासिन्दाहरू झस्किएका छन् । सरोकारवाल पक्ष तथा सम्बन्धित निकाय समेत मुकदर्शक बनेको स्थानीयहरुको आरोप छ । डिजे आतंकले बालबालिका, वृद्धवृद्धा एवम् दिर्घ रोगीहरु विशेष प्रभावित हुने गरेकोले यसमा पर्सा प्रहरी मुकदर्शक हुनु हुँदैन भने स्थानिय जानकारहरु बताउँछन् ।
यस्ता आतंकले समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले नकारात्मक असर पुर्याउने भएकाले यसलाई रोक्नु पर्नेमा पर्सा प्रहरी प्रशासनको ध्यान पुग्न अति आवश्यक रहेको देखिन्छ ।
पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले पर्सा जिल्लामा विवाह पार्टीमा १० बजेपछिको समय पछि सडकमा हल्ला गर्न नपाईने, रातीको समयमा सडकमा चर्को आवाजले डिजे बजाएको भेटे प्रहरी आफै गएर आवाज सानो बनाउन लगाउने गरेको बताउनुभयो । साथै अब चर्काे आवाजमा डिजे बनाउनेलाई एक चोटि सम्झाउँदा मन्नेन् भने नियंत्रण लिने र कारवाही गरिने उहाँले बताउनु भयो ।