वीरगन्ज । पर्साको पोखरिया नगरपालिकाका वडा सदस्यहरूले आज एक कार्यक्रमका बिच नगर स्तरिय संघर्ष समिति गठन गरेका छन् ।
नगरपालिकाका सम्पूर्ण वडा सदस्यहरूको भेलाले विभिन्न मांग सहित आफताब आलमको संयोजकत्वमा १५ सदस्यीय नगर संघर्ष समिति गठन गरेको हो ।
नगरपालिका अन्तर्गत रहेका वडाहरुबाट चल्ने बजेटको केही बजेट वडा सदस्यहरुबाट पनि चल्नु पर्ने मांग राखेका छन् । साथै नगरपालिकाले विपत व्यवस्थापनका लागि छुट्यायोको रकम पारदर्शी रूपमा हुने मांग राखेका छन् ।
यस्तै नगरपालिकाबाट भ्रमणका लागि छुट्याइएको रकम सम्पूर्ण वडा सदस्यहरूलाई सम्मील गराउने , नगरपालीकाले दिने सम्पूर्ण सेवा सुविधा समय मैं उपलब्ध गराउने जस्ता मांग राखी उक्त नगर स्तरिय संघर्ष समिति गठन गरिएको समितिका संयोजक आलमले बताए ।