काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । बुधबार साँझ सुन बरामद भएको हो ।
सुनको परिणाम एकिन हुन सकेको छैन । अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने एकिन भइनसकेको स्रोतले जनाएको छ ।
स्रोतले विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरेको छ ।