वीरगन्ज । पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिकाबाट प्रकाशित राष्ट्रिय सहारा दैनिक पत्रिकाको २१ औ वार्षिक उत्सव सम्पन्न भएको छ । राष्ट्रिय सहारा दैनिक पत्रिकाका सञ्चालक चन्द्रभूषण साहको अध्यक्षतामा भएको वार्षिक उत्सव कार्यक्रममा पत्रकार र स्थानिय सरकारको भुमिका विषयक अन्तरक्रिया गरी सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद किसान श्रेष्ठले राष्ट्रिय सहारा दैनिकको टीम युद्धको कमाण्डर र सिपाही रहेको बताए । स्थानिय निकायले स्थानिय पत्रिका प्रति शुद्ध मनशाय बनाएर लाग्नु पर्ने बताए । कार्यक्रम मै उनले मधेसी समुदाय प्रति सरकारको नियत ठीक नभएको पनि प्रतिक्रिया दिए उनले भने हजारौं नेता तथा कार्यकर्ताहरुले एमसिसी पक्षमा सहमति दिदाँ केही नबोल्ने र एमसिसीको पक्षमा बोलेको भन्दै नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवको माथि काठमाडौमा ठूलो सुरक्षाकर्मीको बीचमा खुकुरी प्रहार भयो । यसैले नै प्रमाणित गर्छ कि नेपालमा बस्ने मधेसी समुदाय प्रति सरकारको नियत ठीक छैन । यदि नेपाललाई समृद्धि र समुन्नतिको तर्फ उन्मुख गराउनु छ भने मधेसी समुदायको बिकाश हुनु आवश्यक रहेको बताए ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सदस्य जितेन्द्र सोनलले पत्रिका लामो उतारचढावका बीच आजसम्म आईपुगेको भन्दै वार्षिक उत्सवको शुभकामना दिँदै पत्रिकालाई निष्पक्ष र लोकतन्त्रको मार्यादालाई बुझेर काम गर्न सुझाव दिनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान , केन्द्रिय सदस्य केसी लामिछाने , जिल्ला अध्यक्ष अनुप तिवारी , उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।