वीरगन्ज । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं ३ मा रहेको पर्सागढी युवा स्पोर्टस क्लबको नाम बेचेर चन्दा उठाउने व्यक्तिलाई कार्यवाही गर्न सम्बन्धित निकायसँग क्लबका पदाधिकारीहरुले मांग गरेका छन् ।
असोज १ गते हुने तीज विशेष कार्यक्रमको लागि क्लबले विभिन्न कार्यक्रमको आयोजना गरेको भन्दै पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकका स्वकिय सचिव चन्द्र बहादुर पुनले क्लबलाई कुनै किसिमको जानकारी नै नगराई आफूखुसी विभिन्न ठाउँबाट आर्थिक सहयोग माग्ने गरेकोले हाम्रो क्लबको नाम बदनाम हुने भएकोले निज पुनलाई कार्यवाही गर्न क्लबका पदाधिकारीहरुले मांग गरेका छन् ।
पुन हाम्रो क्लबका मेम्बर पनि होइन भने चन्दा किन उठाइस सोध्दा उल्टै म यहाँको मेयर हो , मैले जे गरे पनि हुन्छ , बढी बोल्यो भने जिल्लामा लगी जेल चलान गराइदिन्छु भन्दै धाक धम्की दिँदै क्लबका पदाधिकारीहरुलाई समेत हातपात गरेको क्लबका सचिव हरी थापाले बताए ।