वीरगन्ज । सर्लाहीको सदरमुकाम मलङ्गवामा हिन्दू समुदायद्वारा गणेश पूजाको मूर्ति सेलाउन लैजाने क्रममा मुस्लिम समुदायद्वारा गरिएको हिंसात्मक घटनाको दोषीलाई कारबाहीको माग गर्दै पर्साको वीरगञ्जमा मोटरसाइल र्याली निकालिएको छ ।
मूर्ति सेलाउने क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएपछि दोषीलाई कारबाहीको माग गर्दै आज शनिबार वीरगन्ज महानगरपालिकाका सम्पूर्ण पसल बन्द गराई हिन्दू संगठनले बृहत् मोटरसाइकल र्यालीको निकालेका छन् ।
वीरगंजको चौक चौकमा टायर बालेर प्रदर्शन गर्दै हिन्दुवादीहरुले मुख्यमंत्री राजीनामा दे , हिन्दू राष्ट्र कायम गर , मलंगवामा मुस्लिम समुदायद्वारा गरिएको हिंसात्मक घटनाको दोषीलाई कारबाही गर भन्दै विभिन्न किसिमका नारा सहित र्याली निकालेर प्रदर्शन गरेका छन् ।
मलङ्गवामा भए जस्तो अरू थुप्रै दिनप्रति दिन हाम्रो हिन्दू समुदायमाथि भइरहेको प्रहारकोलागि सरकारले छिट्टै कदम उठाउनु पर्यो भन्दै उनीहरूले नाराबाजी समेत गरिरहेका छन् । हिन्दू समुदायमाथि गरिएको घटनाको विरोध गर्दै बजार बन्द गराउन हिँडेका हिन्दू संगठन र प्रहरी बिच केही समय तनाव पनि भएको थियो ।