वीरगन्ज । पर्साको बिरगंज महानगरपालिका वीर्तास्थित बाल सुधार गृह दुई बाल कैदी फरार भएका छन् । जेलको काँडेतार काटेर उनीहरु फरार भएका हुन ।
कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा परी बालसुधार गृहमा रहेका उनी दुई बालक फरार भएको बाल सुधार गृहका प्रमुख टिका काफ्ले बताए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुमार बिक्रम थापाले बाल सुधार गृहबाट टासिएर रहेको क्लिनिकमा माथिबाट हाम फालेर फरार हुन सफल भएका उनीहरुको खोजतलाश कार्य तीब्र रूपले भइरहेको बताए ।
शुक्रबार बिहान बाल सुधार गृह वीर्तामा रहेको तार काटेर उनीहरु भागेका थिए । बाल सुधार गृहका प्रमुख बाहिर रहेको बेला मिलोमतोमा कैदी भागेको हुन सक्ने भन्दै स्थानियहरुले आशंका गरेका छन् ।