बिरगंज । जिल्ला मालपोत कार्यालय पर्साका कर्मचारीहरुले ब्रम्हलुट मचाइरहेका छन । रकम नदिए कर्मचारीले समान्य दर्ता चलानिको काम समेत गर्दैनन् ।
मालपोत कार्यालयका कयौ कार्यालय प्रमुख देखी कर्मचारी भ्रष्टचार मुद्दा लागेर कसैको जगिर गएको थियो भने कयौ जेल सजाय भोगि रहेका छन । कति माथि अहिले पनि अख्तियारले छानबिन गरिरहेको छ तर पनि मालपोतका कर्मचारीहरुले चेतेका छैनन् । सेवाग्राही सङ्ग रकम असुल नगरी समान्य काम पनि गरि दिदैन्न ।
जिल्ला मालपोत कार्यालय पर्साका प्रशासन शाखामा कार्यरत नायब सुब्बा राजेश्वर साह तेली र रामरेखा चौरसियाले ब्रम्हलुट मचाई रहेका छन । जग्गा सम्बन्धि हुने सम्पुर्ण अबैध काम ति दुई नासुको मिलोमतोमा हुने गरेको छ । जग्गाको रजिस्ट्रेसन पास गर्दा जग्गाको मुल्य घटाएर पास गराउछन भने उनिहरुलाई रकम बुझाए पछि जस्तो सुकै काम पनि हुने गरेको छ ।
नासु तेलीले बिरगंज आएको छोटाे समयमा आलिशान महल खडा गरेका छन भने छोरालाई काठमाडौं र छोरिलाई बिदेशमा पढाई रहेका छन । सेवाग्राहीसङ्ग सेटिङ मिलाएर हाकिम सम्म रकम पुर्याउने काम पनि नासु तेलि र चौरसियाले गर्ने गरेका छ्न ।
शोधपुच्छ तथा दर्ता चलानि शाखामा कार्यरत नासु मुकेश सिह ,आफताब आलम र जितबहादुर चौधरीले पनि सेवाग्राहीले रकम नबुझाए फाईल नै अगाडी बढाई दिदैनन हप्तौ सम्म फाईल अडकाएर राखी अनेकन दुःख दिने गरेका छन । उनिहरु हाकाहाकी भन्छन हाम्रो तल देखि माथि सम्म सेटिङ मिलेको छ कोहि कसैले केहि बिग्रान सक्दैन । यस्ता भ्रष्ट माथि कसले कार्यवाही गर्ने हो अब हेर्न बाँकी रहेको छ ।