बिरगंज । सामजिक संस्था दिव्य युवा क्लब र बिरगंज महानगरपालिकाको सामाजिक परिचालन शाखाको कर्मचारीको मिलोमतोको पोल एक पछी अर्को खुल्दै गएको छ ।
सङ्घिय सरकार र प्रदेश सरकारबाट सामाजिक सुधारको लागी बिभिन्न कार्यक्रमहरु आउने गर्दछ । ति सबै कार्यक्रमहरु सन्चालन गर्न समाजिक सस्थाहरुलाई कम भन्दा कम खर्चामा कार्यक्रम सन्चालन गर्नको लागी निबेदन दिन सूचना जारी गरिन्छ र सामाजिक सस्थाहरुले कतिको बजेटको कार्यक्रम हो कस्ले सबैभन्दा कम लागतमा कार्यक्रम सन्चालन गर्छ भनि निबेदन पेस गर्छ उसैलाई कार्यक्रम सन्चालन गर्न दिने प्रचलित कानुनि ब्यबस्था छ तर दिव्य युवा क्लबको हकमा भने कानुनि प्रक्रिया लागु हुदैन ।
सूचना नै जारी नगरी सिधै बिरगंज महानगर पालिकाको सामाजिक परिचालन शाखाका कर्मचारीले लाखौ लाखको कार्यक्रम दिव्य युवा क्लबलाई कार्यक्रम सन्चालन गर्ने सम्झौता गर्छन ।दिव्य युवा क्लबले तोकिएको भन्दा आधा पनि कार्यक्रम गरेको हुदैन एउटा कार्यक्रमको पाच छ वटा प्रतिबेदन तयार गरिन्छ । सोही प्रतिबेदन पेस गरिन्छ र महानगरको सामाजिक शाखाका कर्मचारीले आखा चिम्लेर पास गरिदिन्छ ।
कतिपय कार्यक्रमको आयोजना गरिएको हुदैन त्यस्को पनि बिलभौचर बनाइएको हुन्छ । आगामि अङकमा दिव्य युवा क्लबको पदाधिकारी र बिरगंज महानगरको सामाजिक शाखाका कर्मचारीको नाम र कुन कुन प्रोजेक्टमा कति बजेट थियो र कसरी उनिहरुले सामाजिक सुधारको नाममा घोटाला गरेका छन बिस्तृत विवरण आउने छ ।