वीरगन्ज । नेपालीहरुको प्रमुख पर्व छठका अवसरमा पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं ५ प्रसौनी भाठा निवासी पवन गुप्ता , मौसमी गुप्ता र किरण देवी गुप्ताले स्थानीय महिलालाई साडी वितरण गरेकी छन् ।
स्थानीय तहको निर्वाचनमा उपाध्यक्षको उम्मेदवार बनेकी किरण देवी गुप्ताले छठ पर्वको अवसरमा बिन्दबासिनी गाउँपालिका -५ प्रसौनीका महिलालाई साडी वितरण गरेकी हुन् ।
चुनावपछि नेपाली कांग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरिसकेकी उनले एक सय पचास जना महिलालाई न्यानो साडी वितरण गरेको बताइन् । गाउँका महिलाका लागि ती साडी वितरणमा पवन गुप्ताको पनि सहयोग रहेको बताइन् ।
तराईका साथै पहाडी बस्तीहरूमा समेत छठको रौनक भएका बेला महिलालाई सानो खुसी दिन साडी बितरण गरिएको गुप्ताले बताइन् ।
उजी भर्खरै सम्पन्न भएको नेकपा एमाले मधेस प्रदेशको अधिवेशनबाट प्रदेश कमिटीको सदस्य निर्वाचित पनि भएका हुन् ।