वीरगन्ज । राष्ट्रिय सतर्कता केन्द्रले पकाहाँ मैनपुर गाउँपालिकामा छापा मारेको छ । गाउँपालिकामा भ्रष्टचार भएको प्रमाण सहित परेको उजुरीका आधारमा केन्द्रले छापा मारेको हो ।
गाउँपालिकामा अध्यक्ष सुरेश प्रसाद मेहताको मिलोमतोमा काम नै नगरि बील भरपाई मात्र मिलाई करोडौ करोड रुपैयाँको अनियमितता भएको भन्दै सतर्कता केन्द्रले छापामारी गरी फाइलहरू नियन्त्रमा लिएको हो ।
सतर्कता केन्द्रले गाउँपालिकाको जिन्सी शाखाबाट खरिद गरिएको सरसामानहरुको बील भरपाई समेत गाउँपालिकामा भएको विकाश निर्माण कार्य लगायतको फाइल नियन्त्रणमा लिनुको साथै केहि ठाउँमा गई स्थलगत निरीक्षण समेत गरेको छ।
यस विषय कार्यकालका लेखा प्रमुख निरन्जन पटेलले फाइल नियन्त्रणमा लिएको होइन उहाँहरुको मांग बमोजिमको फाइलहरू हामीले दिएका हौ र शंकास्पद रहेका विकास निर्माण कार्यको स्थलगत अनुगमन पनि गराएका छौ भनी प्रतिकृया दिए।