वीरगन्ज । मोतिहारी अदालत लैजाने क्रममा सुगौली रेलवे गेट नजिकबाट लागुऔषधसहित पक्राउ परेका दुई कैदी फरार भएका छन् । सो क्रममा प्रहरी टोलीले एक बन्दीलाई पछ्याई समात्यो भने अर्का एक जना भाग्न सफल भएका थिए ।
हिजो रक्सौलका पूर्व डीएसपी धीरेन्द्र कुमारको नेतृत्वमा प्रहरीले रामगढवा थाना क्षेत्रको हरिशंकर वर्मा कलेज नजिक छापा मारेर मोटरसाइकलमा सवार दुई नेपाली तस्करलाई ७.४६ किलो लागू औषध चर्चसहित पक्राउ गरेको थियो । दुवैको साथबाट १२ हजार ५०० भारतीय नोट र १४ हजार ४२० रुपैयाँका नेपाली नोट पनि बरामद भएको छ । दुबैको पहिचान नेपालको पर्सा जिल्ला पकाहा मैनपुर गाउँपालिका वडा नं २ टोल मधुबनी बस्ने सुदर्शन कुमार बर्णवाल भनिने मोटर बर्णवाल र अर्को लालबाबु ठाकुर रहेको छ । सुदर्शन कुमार बर्णवाल भाग्न सफल भए ।
सुगौली रेलवे फाटक बन्द हुँदा प्रहरी कर्मचारीले गुटखा किन्न खोज्दा दुवै जना हातकडी लगाएर फरार भएको बताइएको छ । एकजना पक्राउ परेका थिए । यस घटनाको जानकारी प्राप्त हुनासाथ कैयौं थानाका प्रहरीले सुगौली रामगढवा लगायत धेरै ठाउँमा छापा मार्न थालेका छन् । प्रहरीको लापरबाहीका कारण तस्कर फरार भएको विषय आम सर्वसाधारणमा चर्चाको विषय बनेको छ ।
कारबाही गर्दै मोतिहारीका एसपी कन्तेश मिश्रले चार प्रहरीलाई निलम्बन गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले दुवै अभियुक्तलाई न्यायिक हिरासतमा लैजाँदा प्रहरीको चरम लापरवाही भएको बताए । लापरवाहीका कारण एसआई असलम असारी, एसआई हरेकृष्ण यादव, हवल्दार चन्दनकुमार, हवल्दार शालिग्रामलाई निलम्बित गरेका छन् ।
हाल बर्णवाल नेपालमा आई लुकी छिपी बसिरहेका छन् । नेपाली प्रहरीले समेत खोजबिन सुरु गरेको छ भने बर्णवाल लाई हेर्ने बितिकै नजिको प्रहरी चौकीमा समेत जानकारी गराउन आग्रह गरेको छ । बर्णवाल पटक पटक लागू औषध मुदा कारागार थुना समेत बसेका छन् । उनी सुरु देखि नै आपराधिक क्रियाकलापमा संग्लन रहँदै आएका छन् ।