वीरगन्ज । जाडो मौसमका बेला निःसहाय गरिब तथा अनाथ आश्रममा शरण लिएर बसोबास गर्दैै आएका बालबालिकाले न्यानो कपडाको अभावमा जीवन गुमाउन नपरोस् भनेर बुधबार छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले न्यानो कपडा कम्बल वितरण गरेका छन ।
छिपहरमाई गाउँपालिकाको वडा ४ मा रहेको तौबुत बनात मदरसा तुलसीवर्वा अनाथ आश्रममा अध्यक्ष गुप्ताले न्यानो कपडा कम्बल , रजाई र फोम वितरण गरेका हुन् ।
केही दिन अगाडि उक्त अनाथ आश्रममा अनुगमन गर्न गएका गाउँपालिका अध्यक्ष गुप्ताले जाडोमा आश्रम रहेका बालबालिकालाई अफ्ठयारो भइरहेकोले आज उहाँले आफ्नो व्यक्तिगत खर्चमा उक्त कपडाहरू वितरण गरेका हुन् ।
साथै उक्त अनाथ आश्रममा जीवन बिताइरहेका ४५ जना बालबालिका हरुलाई सहयोग गर्न सम्पूर्ण सहयोगी संघ संस्थाहरुलाई आग्रह गरेका हुन् ।
उक्त आश्रममा ६२ जना केटीहरु रहेका थिए जसमध्ये १७ जनालाई उनका आफन्तहरुले लागिसकेका छन् भने ४५ जना रहेका छन् । पर्सा , बारा रौतहट लगायतका बालबालिकाहरु रहेको आश्रममा अहिले सबै कुराको आभाव रहेको बताउँदै सहयोगी हातहरुलाई सहयोग गर्न गाउँपालिका अध्यक्ष गुप्ताले आग्रह गरे ।
बालबालिका तथा अशक्तलाई गाउँपालिका अध्यक्ष गुप्ताले ती सामग्री वितरण गर्दै बालबालिका तथा अशक्तलाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्नु भयो । साथै सहयोग गर्न सम्पूर्ण इच्छुक व्यक्तिलाई ९८०९२१०४३० मा सम्पर्क गरी सहयोग गर्न अनुरोध गरे ।