वीरगन्ज । ७१औं विश्व कुष्ठरोग दिवस पर्साको बिन्दबासिनी गाउँपालिका लगायत देश भरीमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ ।
बिन्दबासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षता कुष्ठ रोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौं , मर्यादित व्यवहार गरौं भने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी ७१ औं विश्व कुष्ठ रोग दिवस मनाइएको छ ।
कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरि पनि नेपालमा नयाँ बिरामी देखिने गरेका छन् । नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका सरकारी तथ्यांक रहेको गाउँपालिका स्वस्थ्य संयोजक नरेश चौहानले बताए ।
कुष्ठरोग वंशाणुगत रोग भने होइन् । तर, परिवारमा वा समुदायमा कसैलाई देखिएको छ भने अरुमा पनि देखिन सक्ने सम्भावना भने उच्च रहने स्वस्थ्य संयोजक चौहान बताउँछन् । यदि समयमै कुष्ठरोगको उपचार हुन नसके रोगीहरू अपांग हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम भने तीव्र हुन्छ उनले बताए ।