वीरगन्ज । शैक्षिक क्षेत्रलाई गुणस्तरिय बनाउँनका लागि पर्साको पकाहाँ मैनपुर गाउँपालिकाले अनुगमन सुरु गरेको छ । शिक्षालाई पहिलो प्राथामिकता राखेको गाउँपालिकाले बुधवारदेखि विद्यालयमा अनुगमन सुरु गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतसहितको टोलीले सवै विद्यालय अनुगमन गर्ने र विद्यालयमा भएका राम्रा÷नराम्रा पक्षलाई “टिपोट” गरेर समस्याका विषयमा छलफल गर्दै आगामी दिनमा सुधारका लागि नयाँ रणनीति निर्माण गरिने पकाहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले जानकारी दिए ।
अनुगमनको पहिलो दिन बुधबार वडा नम्बर–३ को श्री राम चरित्र भगत माध्यमिक विद्यालयको अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीको भनाई छ ।
प्रमुख प्रसाशिकिय अधिकृत चौधरीले विधालयको कक्षा तथा विधालयको कृयाकलापलाई अनुगमन तथा निरीक्षण गर्दै विधालयबाट SEE परीक्षामा उतिर्ण गरि A+ अंक ल्याउने विधार्थीहरुलाइ ल्यापट पुरस्कार दिने घोषणा गर्नु भएको हो । साथै उक्त विद्यालयमा SEE को परीक्षा दिने विद्यार्थीहरूको शैक्षिक अवस्था थप बलियो बनाउन कोचिङ्को व्यवस्था सँगै अभ्यास परीक्षा गराउन प्रधानध्यापक मनोज यादवलाई निर्देशन दिनु भएको थियो ।
यस्तै गाउँपालिका भरिका सम्पूर्ण बिद्यालयहरुमा अनुगमन गरिने गाउँपालिकाले जानकारी दिएको छ ।अनुगमनपश्चात समस्या, चुनौति र आगामी योजनाका विषयमा व्यापक छलफल गरिने र शिक्षालाई अव्वल बनाउँने निर्णय गरिने जनाईएको छ ।