वीरगन्ज । पर्साको क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताले खेलाडी विश्व सामु देश चिनाउने माध्यम रहेको बताएका छन् ।
पर्साको बहुदरमाई नगरपालिकामा शुक्रबारदेखि सुरु भएको क्रिकेट टुर्नामेन्ट प्रतियोगितालाई सांसद गुप्ताले उद्घाटन गर्दै खेलको माध्यमबाट देशलाई विश्व सामु चिनाउन सकिने भएकोले खेलाडी देशको लागि शान्तिदुत भएको बताए ।
खेलको माध्यमबाट विश्वमा शान्ति ल्याउन सकिने भएकोले सहभागी टिमका खेलाडीलाई उनले प्रसँसा गरे ।
बहुदरमाई नगरपालिकाद्धारा आयोजित उपमेयर कप क्रिकेट टिममा नगरपालिकाका सम्पूर्ण वडाबाट त्रिकेट टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल वडा नं ५ र वडा नं ८ भिडने भएको छ ।
क्रिकेट उद्घाटन कार्यक्रममा उपमेयर शुष्मा कुशवाहा , प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफा , वडा अध्यक्ष सुनिल कुशवाहा , सुरेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।