काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने भएकाे छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्ताे निर्णय गरेकाे हाे।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै अघिल्लाे संसद अधिवेशनदेखि नै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ। तर कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरे संसदमा अवरोध कायमै राख्ने निर्णय गरेकाे छ।
बैठकले सोमबार साँझसम्म प्रधानमन्त्रीले छानबिन समिति बनाउने सहमति गर्ने अपेक्षा गरेको एक पदाधिकारीले देश सञ्चारलाई जानकारी दिए।
यता, सभामुख देवराज घिमिरेले सदनको अवराेध खुलाउन सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग पटकपटक छलफल गर्दै आएका छन्।