पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अपराधको दुनियामा ठूलो नाम कमाएका कुख्यात अपराधी प्रेम गिरीलाई पक्राउ गरेको छ ।
कुख्यात अपराधी गिरी नेपाल लगायत भारतको कई राज्यमा अपराध गरी भारतीय प्रहरी लगायत नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गिरीलाई पर्सा प्रहरीले आज बिहान ५ बजे लुकिछिपी आफ्नै घरमा बसेको सूचनाको आधारमा पक्राउ गरेको हो ।
कुख्यात अपराधीको नाममा परिचित रहेका गिरी पर्साको कुहडीका पन्नालाल सनारको पत्नीको कर्तव्य ज्यान मुद्दामा फरार लगायत अपहरण , डकैती मुद्दामा पनि फरार रहँदै आएका थिए ।
उनी पक्राउ परेसँगै पर्सा लगायत भारतीय सीमावर्ती क्षेत्रमा बसोबास गर्ने आम सर्वसाधारणमा खुसी छाएको छ भने यो प्रहरी उपरीक्षक कुमोद ढुंगेल लगायत पर्सा प्रहरीको लागि ठूलो सफलता भएको आमजनसमुदयमा अनुवभ हुन थालेको छ ।