वीरगंज। सर्वोच्च अदालतले २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको पर्सा -३ , धनुषा- ४ र इलाम -१ को पुनः मतगणना माग गरिएको रिट खारेज गरेको छ।
प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको सम्मिलित संवैधानिक इजलासले आज बुधबार तीन वटै रिट खारेज गरेको हो।
पर्सा ३ मा नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्तासँग १६५ मतले पराजित पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी , धनुषा -४ मा नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठसँग १२४ मतले हारेका नेपाली कांग्रेसका नेता महेन्द्र यादव र इलाम- १ मा महेश बस्नेतसँग २६६२ मतले पराजित पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुनः मतगणनाको माग सहित छुट्टाछुट्टै रिट दायर गरेका थिए।
पर्सा ३ मा एमालेका गुप्ता २४ हजार ३१९ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका चौधरी २४ हजार १५२ मत पाएका थिए। त्यस्तै, धनुषा- ४ मा एमालेका महासेठ ३२ हजार २३६ भोट सहित विजयी हुँदा कांग्रेसका यादवले ३२ हजार ११२ भोट ल्याएका थिए ।
इलाम - १ मा एमालेका बस्नेत २५ हजार ७५० मत पाएर निर्वाचित हुँदा समाजवादीका खानाले २३ हजार ८८ मत सहित दोस्रो स्थानमा आएका थिए ।
।