काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ ।
प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीबार सङ्घीय संसद प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिनुभएको हो ।
उहाँले त्यसको विस्तृत वितरण भने सरकारले गठन गरेको छानविन समितिले दिने पनि बताउनुभयो । सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भिएफआर)ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकोप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ ।
महानिर्देशक अधिकारीले ‘‘आज बिहान माननीय मन्त्रीज्यु, सचिवज्यु, हामी गएर साईट पनि हेर्यौं । यसको रुट कज चाहीँ सरसर्ती हेर्दाखेरी यद्यपी यो छानविन आयोगले नै बताउला । ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादल भित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ । यो चाहीँ पाइलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट अनुसार नगएर यसरी बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित हो । यो कानुनल वर्जित गरेको विषय हो । यो रुटकज भनेको चाँही भीएफआरको उल्लङ्घन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा । यसको डिटेल इन्भेष्टिगेशनत सरकारले गठन गरेको आयोगले नै बताउला ।’’
महानिर्देशक अधिकारीले भिएफआरको अनुमति विपरित हेलिकोप्टर बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गर्नुभयो ।
महानिर्देशक इन्जिनियर अधिकारीले भन्नुभयो, ‘‘टावरबाट सम्पर्क विच्छेद हुने वित्तिकै हामीले प्रोसिड्युअर अनुसार नै खोजि ग¥यौं । जबसम्म हामी क्र्यास साईट आईडेन्टीफाई तबसम्म मौसमको हिजोको अवस्था पनि त्यस्तै थियो । तर हामीले त्यो शङ्कास्पद ठाउँ पत्ता लगाउने वित्तिकै हेलिकोप्टर खोजीका लागि हेलिकोप्टर परिचालन गरेको अवस्था थियो । र नेपाल सरकारले यो दुर्घटना छानविन आयोग गठन गरिसकेको अवस्थामा यसको रुटकज के हो भन्ने बारेमा पनि म धेरै जान चाहन्न ।’’
साउन २३ गते बुधबार (हिजो) सो हवाईजहाज दुर्घटना हुँदा चार जना चिनियाँ नागरिकसहित पाँच जनाको मृत्यु भएको थियो ।