बिरगंज ,जेठ १७
नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल चयन भएका छन्। उनी यसअघि संघको उपाध्यक्ष थिए। आइतबार र सोमबार गरी लगातार दुई दिन चलेको संघको केन्द्रिय सचिवालयको प्रथम पुर्ण बैठकबाट पौडेल अध्यक्ष चयन भएका हुन्। बैठक ‘भर्चुअल’ भएको थियो। वचन बहादुर सिंहको स्थानमा अध्यक्ष नियुक्त भएका पौडेल शालिन र बौद्धिक युवा नेताको रुपमा चिनिन्छन्। उनले युवा संघमा लामो समयदेखी काम गरिरहेका छन्। यसअघि उनले महासचिव, बरिष्ठ उपाध्यक्षसहितका जिम्मेवारीहरु सफलतापूर्वक बहन गरेका थिए। युवाहरुमा मिसन र भिजनका धनी व्यक्तिको रुपमा परिचित पौडेलले युवाहरुको मुद्धाको साथमा रोजगारीका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरिएको छ।
युवा संघको राष्ट्रिय सम्मेलन गरेर विधान संशोधन नहुँदासम्म पौडेल नै अध्यक्ष रहनेछन्। युवा संघको बैठकलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, युवा संघ इन्चार्ज महेश बस्नेतलगायतले भर्चुअल माध्यबाट सम्बोधन गरेका थिए।