दाम्पत्य जीवनमा रमाईरहेकी अभिनेत्री कट्रिना कैफले धर्मपुत्र ग्रहण गरेको खबर यति बेला भाइरल भएको छ । यी अभिनेत्री गर्भवती भएको खबर बाहिरिएको बेला सामाजिक सञ्जालमा कट्रिना कैफका धर्मपुत्र सहितका केही भाइरल तस्बिरहरूले सबैलाई चकित पारेका छन् ।
तर त्यो तस्बिर वास्तविक नभएको यी अभिनेत्रीले बताएकी छिन् । पछिल्लो समय एआई प्रविधिबाट विभिन्न प्रकारको तस्बिर बनाएर कलाकारलाई विवादित तुल्याउने गरिएको छ । यस्तै अभिनेत्री कट्रिना कैफको पनि एउटा सुन्दर बालक बोकेको केही थान तस्बिर बाहिर आएका छन् ।
यो तस्बिर हेरेपछि सामाजिक सञ्जालमा कट्रिना कैफले धर्मपुत्र ग्रहण गरेको चर्चा सुरु भयो । सञ्चार माध्यम समेत यो समाचार आएपछि अभिनेत्री कट्रिनाले समाचारको खण्डन गरेकी छिन् । यी सबै वास्तविक तस्बिरहरू नभएर एआई प्रविधिबाट सृजना गरिएका नक्कली तस्बिरहरू भएको कट्रिना कैफले बताएकी छिन् ।
कट्रिना कैफका फ्यानहरूले उनको धर्मपुत्रको ’boutमा बधाई सहित शुभकामना पनि दिए । त्यसको लागि धन्यवाद भन्दै यी सबै नक्कली तस्बिर भएको पनि उनले प्रस्ट पारेकी छिन् । पछिल्लो समय बलिउडका अभिनेता अभिनेत्रीहरु आईद्धारा सृजित नक्कली तस्बिरको शिकार भएको बेला आफूलाई पनि अहिले नक्कली तस्बिरले दुःख दिएको यी अभिनेत्रीको कथन छ । यस्तो तस्बिर नबनाउन उनले आग्रह गरेकी छिन् ।