पर्सा । अस्तिक नगवमा एक दिम्पतिले आत्म हत्या गर्यो । त्यसको ठिक एक महिना अगाडि बैंकको ऋर्ण अर्थात कर्जा तिर्न नसकेर एक व्यापारीले पनि आफनो जिवन समाप्त पारे । एस.ई.ईको रिजल्ट आउन केहि समय छ । असफल भएको खण्डमा कति गर्ने हो फेरी आत्महत्या ?
नेपाली समाजमा पछिल्लो समयमा आत्महत्याका घटनाहरु बढिरहेका छन् । विश्वमा प्रतिवर्ष १०लाखभन्दा बढि मानिसहरुले आफ्नो बाच्ने औषत आयुलाई आत्महत्याको कारण छोट्याइरहेको पाइएको छ । यो तथ्याङ्गलाई आधार मान्ने हो भने हरेक ३ सेकेण्डमा एकजनाले आत्महत्याको प्रयास भइरहेको देख्न सकिन्छ। यसको अतिरिक्त म बाँचेर के गर्ने? भन्ने सोच जन्माउने ४० सेकेण्मा १ जना रहेको र त्यसै मध्येले आत्महत्या गर्ने गरेको पाइएको छ। हरेक देशको तथ्यांक आंकलन गर्ने हो भने आत्महत्याको शिकार हुने उमेर भनेको १५ देखि २५ वर्षसम्मको बढी रहेको पाइएको छ। अर्को उमेर समूह भनेको १५ देखि २९ वर्षसम्म हो। नेपालको हकमा भन्ने हो भने प्रत्येक वर्ष झण्डै ४ हजार ७ सय जनाले आत्महत्याको बाटो रोजेको देखिन्छ । हामीले बिहान उठ्ने वित्तिकै देखि सुन्ने रेडियो टेलिभिजन, पत्रपत्रिका होस् वा सामाजिक संजालमा दिनहुँ जसो समाचार बनेर आउने घटनाक्रमले मानवीय सोचाइमा नकारात्मक प्रभाव पारिरहेको छ।
बरिष्ठ चिकित्सक डा.निरज कुमार सिंहका अनुसार एकलोपन, तनाव, डिप्रेसनका तथा अनावश्यक चिन्ताका कारण यो केश बढेको बताउँछन ।
नेपालमा आत्महत्याको तुलना गर्ने हो भने पुरुषको तुलनामा महिलाहरुको संख्या बढि छ। नेपालमा औषत आत्महत्या गर्ने संख्या वर्षभरिमा ८ हजार ६ सय ४० रहेको एक तथ्याङ्गले देखाईरहंदा सबैभन्दा बढि आत्महतया गर्ने महिलाको संख्या रहेको देखाउँछ । आत्महत्याका अनेकौ कारण मध्येको एक कारण मानसिक रोगलाई लिन सकिन्छ । प्राय मानिस कुनै न कुनै मानसिक तनावको विचमा आफ्नो दिन बिताईरहेको हुन्छ । फरक यति होला कसैले तनावलाई सरल तरिकामा दिनु हुन्छ भने कसैले सानोभन्दा सानो तनाबलाई पनि सुल्झाउन नसकिरहेको देखिन्छ। तर जसरी हामीले बुझे बुझाए पनि वास्तवमा आत्महत्या एक सामाजिक मनोवैज्ञानिक तथा जैविक कारणहरु नै पर्दछन् भने महिलाहरुको हकमा भने घरेलु तथा सामाजिक हिंसाका कारण, समाजले गरेको अपमान आत्मसम्मानमा ठेस, झुटो आरोप एवम् दाईजो जस्ता शारिरक मानशिक तनावकै कारण आत्महत्याको निमिक्त प्रोत्साहित गरेको बुझाई छ।
जन्मपछिको मृत्यु स्वभाविक हो । तर यस प्रकार आवलनो जिवन समाप्त गर्ने कार्य एक कायएपन पनि हो । समस्या संग जुदन नसक्दा यो केशशहरु बढि रहेको पाईन्छ । अब यसमा सरोकारबाला सबै एक जुट हुन जरुरी पनि छ ।