काठमाडौं । नेकपा (एमाले) का पोलिट्ब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सांसद सूर्य थापालाई धम्की दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रुपन्देही सैनामैना नगरपालिका ११ का २९ वर्षीय प्रदीप पन्तलाई पक्राउ गरेको हो ।
उनले थापालाई मध्यरातमा धम्कीपूर्ण एसएमएस पठाएका थिए ।