काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व अब रघुजी पन्तले सम्हाल्ने भएका छन् । नेकपा एमालेका सांसद पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मन्त्रीमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार पन्तले आज अपराह्न ४ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । यो नियुक्ति पूर्व शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते पदबाट राजीनामा दिएपछि गरिएको हो ।
समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा निर्वाचित पन्त एमालेका अनुभवी नेता हुन् । पार्टीको अघिल्लो कार्यकालमा अध्यक्ष केपी शर्मा ओलीका आलोचक रहँदै आएका पन्त पछिल्लो समय माधव नेपाल समूहका प्रभावशाली नेताका रूपमा चिनिएका थिए । तर, अन्तिम घडीमा उनी पार्टी विभाजनको विपक्षमा उभिएर एमालेमै रहने निर्णयमा दृढ भएका थिए ।