पर्सा । मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवालले नव निर्मित ढलान सडकको उद्घाटन गरेका छन् । शुक्रबार पकाहाँमैनपुर गाउँपालिका पुगेका जैसवालले धोरेमा १५२ मीटर ढलान सडकको उद्घाटन गरेका हुन् ।
सो स्थानमा पक्की सडक बनेपछि स्थानीयहरूलाई आवतजावतमा सहजता थपिएको छ । यो पक्की सडकको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु´, सडक उद्घाटन गर्दै मन्त्री जैसवालले भने ।
उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन अघि बढिरहेको पनि बताए ।
उक्त कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य प्रहलाद गिरी , पूर्व गाउँपालिका अध्यक्ष विजय चौरसिया , प्रदीप जैसवाल ,वडा अध्यक्ष विनोद मेहता लगायतको उपस्थिति रहेको थियो।