वीरगन्ज । पर्सा जिल्लामा पत्रकारहरूको संगठनात्मक सशक्तीकरणतर्फ महत्वपूर्ण कदमस्वरूप हिन्दु पत्रकार संघको जिल्ला कार्य समिति गठन गरिएको छ।
वीरगन्जमा आइतबार सम्पन्न पत्रकारहरूको भेलाले राजन रौनियारको अध्यक्षतामा हिन्दु पत्रकार संघ पर्सा जिल्ला समिति सर्वसम्मत रूपमा गठन गरेको हो। नवगठित समितिमा पत्रकारहरूको व्यापक सहभागिता र उत्साह देखिएको थियो।
समितिको उपाध्यक्षमा विनोद पटेल र विमला गुप्ता चयन हुनुभएको छ भने सचिवको जिम्मेवारी राजकुमार सर्राफलाई दिइएको छ। कोषाध्यक्षमा आनन्द पटेल चयन हुनुभएको छ। यसैगरी सदस्यहरूमा अभिलाष गुप्ता, अर्जुन चौधरी, अनिल ओझा, सन्तोष कुशवाहा, सन्जय कुशवाहा, रवि बर्णवाल, राकेश साह, राजु बैठा, रश्मिराज भण्डारी, अजय चौरसिया, त्रिलोकी पटेललगायत रहनुभएको छ।
भेलामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्र तथा नेपाल प्रेस युनियनका अजय साहलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले पत्रकारिताको मर्यादा, व्यावसायिकता र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै संगठनमार्फत पत्रकारहरूको हकहित संरक्षणमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो।