वीरगन्ज । पर्साको प्रतिनिधि सभा क्षेत्र नम्बर ४ को नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा पुनः श्रीकान्त प्रसाद यादव सर्वसम्मचत चयन भएका छन् ।आइतबार जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मसिहानीमा सम्पन्न कांग्रेसको क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा पुनः यादव सर्वसम्मत चयन भएका हुन् । यादव, जगरनाथपुर गाँउपालिकाका अध्यक्षपनि हुन् ।
यस्तै क्षेत्रीय सचिवमा पुनः बलिष्टर अहमद र सहसचिवमा सन्जय चौधरी पनि सर्वसम्मत चयन भएका छन् ।कांग्रेसको क्षेत्रीय अधिवेशनबाट १५ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा पूर्व उद्योगमन्त्री रमेश रिजाल,प्रदेश सरकारका वनमन्त्री शंकर चौधरी,कांग्रेसका जिल्ला सहसचिव नविन सिंह,तबरेज अहमद,सहरुम राउत गदी, किशोरी प्रसाद कानु,पन्चानन्द मिश्र,रेखा चौधरी, गोमा उपाध्याय, गीता विष्ट र शोभा शर्मा पनि सर्वसम्मत चयन भएको नवनिर्वाचित क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए ।
यसैगरि क्षेत्र नम्बर ४ को क प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा जिवनकृष्ण सापकोटा, उपसभापतिमा मनमोहन महतो थारु, सचिवमा मुकेश महतो, सहसचिवमा ललिता देवी र सेवालाल महतो कोइरी चयन भएका छन् ।
यसैगरि क्षेत्र नम्बर ४ को क प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रदेश अधिवेशन प्रतिनिधिमा नवराज फुयाँल,नेपाली प्रसाद कुशवाहा, अफताब मियाँ,दीपेन्द्र चौहान,अनोज चौधरी, सुरेन्द्र महतो,केशव खड्का, रुना माझी,बबीता सिंह क्षेत्री लगायत २४ जना निर्वाचित भएको अहमदले जानकारी दिए ।
निवर्तमान क्षेत्रीय सभापति श्रीकान्त यादवको अध्यक्षता तथा पूर्वमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा भएको क्षेत्रीय अधिवेशन सम्पन्न भएको अहमदले बताए ।