वीरगन्ज । प्रहरीले विशेष सुराकका आधारमा छापा मार्दै वीरगन्जबाट जुवा खेलिरहेका सात जनालाई नियन्त्रणमा लिएको छ।
वीरगन्ज महानगरपालिका–९, रानीघाटस्थित एक घरमा जुवा तास खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो।
कारबाहीका क्रममा जुवाको दाउमा लगाइएको रु. ९७ हजार ९ सय ९५ रुपैया नगद र जुवा खेल्न प्रयोग गरिएका सामग्रीहरूसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरी हिरासतमा अनुसन्धान जारी
पक्राउ परेका सबै सातै जनालाई हिरासतमा राखी मुलुकी अपराध संहिताअनुसार जुवासम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। स्थानीय तहमा हुने अवैध जुवातास नियन्त्रणका लागि निगरानी थप कडा पारिएको पनि प्रहरीले स्पष्ट पारेको छ।