पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाऊँपालिकाको वडा न २ सुर्जहामा शनिबारदेखि ९ दिने बिष्णु महायज्ञ शुरू भएको छ। गाऊँपालिका अध्यक्ष बिजय चौरसियाले महायज्ञ र महायज्ञशालाको शनिबार उद्घाटन गरेका हुन । महायज्ञको उद्घाटन गर्दै गाऊँपालिका अध्यक्ष चौरसियाले धर्म संरक्षणको लागि यज्ञलगायतका कार्य आवश्यक रहेको बताए । उनले जिल्लामा रहेका विभिन्न धार्मिकस्थलको संरक्षणमा सबैको ध्यान पुग्नुपर्ने बताए। धार्मिक कार्यले मानिसलाई अनुशासित बनाउने हुँदा यसको अभ्यास निरन्तररूपमा गर्दा फाइदा हुने बताए।
महायज्ञको लागि शनिबार जलयात्रा निकालिएको थियो । पकाहाँमैनपुर गाऊँपालिकाका स्थानीयवासी र गाऊँपालिका, वडापालिकाको सहयोगमा ९ दिने महायज्ञ शान्ति, अमनचयनको लागि आयोजना गरिएको हो। महायज्ञ उद्घाटन समारोहमा वडा अध्यक्ष ब्बृजमोहन पाण्डेय , नेकपा एमालेका नेता राजेश सहनी नेपाली कांग्रेशका नेता बिदयाकांत पाण्डेय , बीरेन्द्र यादव ,शम्भु यादव ,वडा सदस्य जगदिस दास लगायतको सहभागिता रहेको थियो।