वीरगन्ज । नेकपा एमाले छिपहरमाई गाउँपालिका कमिटी अध्यक्ष प्रहलाद शाह कनुले पनि पर्साको निनर्वाचन क्षेत्र नम्बर ४ को (ख) को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
एक दशक भन्दा बढि लामो समय देखि एमालेमा सकृय राजनीति गर्दे आएका कानुलाई पार्टीबाट टिकट नपाएपछि प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्बारी दिएका हुन् ।
नेकपा एमाले र जसपा दलहरु बिच भएको चुनावी तालमेलमा पर्साको ४ (ख) जस्पाको भागमा परेपछि जस्पाको तर्फबाट वर्तमान प्रदेश सभा सदस्य सिंघासन् साह कलवारले उम्मेदवारी दिए पछि कानु एमालेबाट टिकट नपाएका हुन् ।
छिपहरमाइ गाउँपालिका वडा नम्बर २ टोल सम्झौता घर भएका कानुले पार्टीले टिकट नदिएपनि जनताको माग र चाहना अनुसार आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताए । कानुसँगै नेकपा एमाले धोवीनी गाउँपालिका कमिटी , नेकपा एमाले कालिकामाई गाउँपालिका कमिटी र छिपहरमाई गाउँपालिका कमिटीका सम्पूर्ण पदाधिकारी तथा कार्यकर्ताहरु रहेको साथै उहाँहरुको सलाह सुझावले आफू स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
पार्टीमा रहेर लामो समय काम गरिसकेका कानुले दलको अधिनमा बसेर जनताको सेवा गर्न नसकिने भएकाले पार्टी परित्याग गरी स्वतन्त्र भएर उम्मेदवारी दिएको बताए । कानुले आफनो क्षेत्रका जनताको माग र चाहना अनुसार पनि आफुले उम्मेदवारी दिएकाले जित सुनिश्चित रहेको पनि बताए ।