वीरगन्ज । जनहित बचत तथा ऋण सहकारी संस्था लि. रामनगरीको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । पर्साको बहुदरमाई नगरपालिका ८ स्थित रहेको संस्थाको २५ औँ वार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ । साधारण सभामा संस्थाका अध्यक्ष रमप्रबेश साहले आर्थिक बर्ष ०७८ /०७९ सालको आय–व्याय प्रस्तुत गरेका थिए । संस्थाले २५ बर्षको अबधिमा ३ करोड ५० लाख रूपैयाँ ऋण लगानी गरिसकेका छन् । हाल संस्थामा ८ हजार ५ सय ५५ सेयर सदस्य आबद्ध गरेका छन् । संस्थाकाे तत्कालकाे कराेबार ६ कराेड २३ लाख २१ हजार ९ सय २४ रूपैयाँ रहेको छ । त्यसै गरि याे संस्थाले यस वर्षमा २० लाख ५८ हजार ६ सय ७ रुपैयाँ मुनाफा गरिएको छ ।
साधारण सभामा संस्थाकाे कर्मचारीसहित १६ जना उत्कृष्ठ बचत कर्तालाई सम्मान गरिएको थियो । साथै उक्त संस्थाका ६ जना कर्मचारी हरूले सरकारी जागिरमा नाम निकाल्न समेत सफल भएका छन् । उनीहरूको पनि सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष रामप्रवेश साहको अध्यक्षता तथा बहुदरमाई नगरपालिकाका उपमेयर शुष्मा कुशवाहाको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बिशिष्ट अतिथिको जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेश पंडित ,एनजीओ सिसी पर्साका अध्यक्ष इब्राहीम देवान , अतिथिहरुमा वडा अध्यक्ष पुनिलाल साह , युवा स्वरोगार संयोजक सुनिल प्रसाद रौनियार , दिव्य बचतका कोषाध्यक्ष रमाकान्त कुर्मी , दि ग्रेट कल्बका अध्यक्ष पुनेस्वामी राउत, नेपाल रेडक्रस सोसाइटी रामनगरीका सभापति हरिन्द्र प्रसाद , वृजकिशोर पटेल लगायत सेयर सदस्य, सञ्चारकारीकर्मी , स्थानीयबासी बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि लगायतका उपस्थिति रहेको थियो ।