वीरगन्ज । पर्साको छिपहरमाई गाउँपालिकामा आज मंगलबारका दिन पारेर हनुमान भगवानको मन्दिर निर्माण गरी मूर्ति स्थापना गरिएको छ । गाउँपालिका अध्यक्ष मनोज गुप्ताको नेतृत्वमा स्थानीय अगुवाहरूको पहलमा छिपहरमाई गाउँपालिकाको वडा नं. ३ जयमंगलापुर स्थित झलमैया गाउँमा हनुमान भगवानको मन्दिर निर्माण गरी मूर्ति स्थापना गरिएको हो ।
छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताको बजेटबाट उक्त मन्दिर निर्माण र मूर्ति निर्माण गरिएको वडा नं ३ का वडाध्यक्ष जितेन्द्र सिंहले जानकारी दिए । हिन्दुहरूको आस्थाको केन्द्र रूपमा हनुमान भगवान मानिँदै आएका छन । छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताले हनुमान भगवानको मन्दिरको फिता काटी उद्घाटन गरेका हुन् । धार्मिक कार्य नै सामाजिक सहिष्णुता कायम गर्ने बताए । गाउँपालिकाको धार्मिक पर्यटन संस्कृति र विकास निर्माणको सहयोगमा तत्पर रहेको गाउँपालिका अध्यक्ष गुप्ताले बताए । उनले मन्दिर निर्माण गरे मात्र जिम्मेवारी पूरा हुँदैन यसको संरक्षण र प्रवर्द्धनमा गर्नमा उत्तिकै जिम्मेवार साथ लाग्न जरुरी रहेको गुप्ताले बताए ।
आज एक कार्यक्रमका विच झलमैया गाउँका सम्पूर्ण महिलाहरुले नजिकको खोलाबाट जल भरी मन्दिरमा ल्याई मन्दिरमा जल राखी पुजापाठ गरि हनुमान मन्दिरको उद्घाघाटन भएको थियो । मन्दिर उद्दघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्षका श्रीमान किशोरी साह कानु , पूर्व वडा अध्यक्ष विनोद साह कानु लगायत सम्पूर्ण गाउँ बासीहरुको सहभागिताले रहेको थियो ।