पकहामैनपुर । पकहामैनपुर गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा आज देखि हाजिर भएका छन् । निमित प्रशासकीय अधिकृत रमेश सुवेदीको सरुवा भई गएपछि पकहामैनपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत कुशवाहा हाजिर भएका छन ।
आईतबार हाजिर हुन गएका प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहता , उपाध्यक्ष सर्फुन नेशा , वडा अध्यक्षहरु , गाउँपालिकाका कर्मचारी लगायत स्थानीय नेताहरुले फूलमाला तथा गम्छा अबिर लगाई पालिकामा स्वागत गरेका हुन ।
कुशवाहा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट सरुवा भई आएका हुन् । आईतबारबाट गाउँपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले जनताका काम कानुनसम्मत हिसाबले सम्पादन हुनुपर्ने बताएका छन् ।
उनले आईतबार देखि नै गाउँपालिकाको शाखा प्रमुखसँग छलफल गरी हालसम्म भए गरेका कामको जानकारी लिएका थिए । उनले गाउँपालिकाबाट सम्पादन गर्नुपर्ने कामलाई चुस्त र व्यवस्थित बनाउन शाखा प्रमुखलाई निर्देशन पनि दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत आएपछि गाउँपालिकामा रोकिएका प्रशासनिक काम नियमित हुन थालेका छन् ।