वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धानमा राखेको मानिसलाई छुटाइ दिन्छु भनी रकम असुल गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । छुटाइ दिन्छु भनी रकम असुल गर्ने गरेको सूचनाको आधारमा आज दिउँसो १४:०० बजेको समयमा यातायात कार्यालय पर्सा अगाडि सडकखण्डबाट वीरगञ्ज महानगरपालिका वडा नं.५ बस्ने वर्ष ५२ को धिरेन्द्र बहादुर श्रेष्ठलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइ निज विरुद्द सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्दको कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।